श्रमदानमार्फत सडक मर्मत गर्दै द नाइन्टिज युवा क्लबका युवा
तनहुँको व्यास नगरपालिका–५ स्थित द नाइन्टिज युवा क्लबका युवाहरूले श्रमदानमार्फत स्थानीय सडक मर्मत गरेका छन्। सडकमा खाल्डाखुल्डी बढ्दै गएपछि आवतजावतमा कठिनाइ हुनुका साथै दुर्घटनाको जोखिम बढ्न थालेको भन्दै क्लबका सदस्यहरू स्वयं अग्रसर भई सडक मर्मत कार्यमा जुटेका हुन्। श्रमदान अभियानअन्तर्गत सडकका खाल्डाखुल्डी ढलान गरेर पुर्ने, सडक [...]
