तनहुँ, व्यास नगरपालिका–४ बाघभञ्ज्याङकी १७ वर्षीया युवती मादी नदीमा हाम फालेपछि नदीको बीचभागमा अड्किएकी थिइन्। उनको ‘बचाऊ’ भन्ने गुहार सुनेलगत्तै ऋषिङ गाउँपालिका–१ झापुटारका कोटबहादुर नदीमा हाम फालेर उद्धारमा जुटेका थिए। उनले करिब दुई घण्टासम्म युवतीलाई समातेर सुरक्षित राखेपछि पुगेको उद्धार टोलीले दुवै जनालाई सकुशल बाहिर निकालेको हो।
यस घटनामा कोटबहादुरको साहस र मानवताको व्यापक प्रशंसा भइरहेको छ।


