दमौली । सामाजिक अभियन्ता सुदिप गफारको पहलमा व्यास नगरपालिका–५, सिर्दीस्थित सडक भासिएको जोखिमयुक्त स्थानमा सडक दुर्घटना न्यूनीकरणका लागि सचेतनामूलक बोर्ड राखिएको छ।

सडक भासिएर दुर्घटनाको जोखिम रहेको उक्त स्थानमा सचेतनामूलक बोर्ड राखिएपछि सवारी चालकलाई थप सतर्क भएर यात्रा गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। जोखिमयुक्त स्थानबारे चालकलाई समयमै जानकारी गराई सम्भावित दुर्घटना न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्यले बोर्ड राखिएको हो।

यस कार्यमा मनोज प्रजापती र कृष्ण प्रजापतीले समेत सहकार्य तथा सहयोग गरेका छन्।

स्थानीयस्तरमा सडक सुरक्षाका लागि गरिएको यस पहलले जोखिमयुक्त सडकखण्डमा चालक तथा यात्रुलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।