काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा युवा नेता सुशील तिमल्सेनाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

तनहुँ–१ बाट खुलातर्फ सम्मानजनक मतसहित महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका तिमल्सेना उक्त क्षेत्रबाट खुलातर्फ महाधिवेशन प्रतिनिधि निर्वाचित हुनेमध्ये कान्छा प्रतिनिधिका रूपमा रहेका छन्। तनहुँ–१ बाट ३३ जना महाधिवेशन प्रतिनिधिका लागि ११० जनाले उम्मेदवारी दिएका थिए।

पार्टी संगठनलाई थप सुदृढ र प्रभावकारी बनाउने, युवाको अर्थपूर्ण सहभागिता बढाउने तथा नेपाली कांग्रेसलाई थप सबल, गतिशील र जनतासँग जोडिएको पार्टीका रूपमा अघि बढाउने उद्देश्यसहित आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने निर्णय गरेको तिमल्सेनाले बताएका छन्।

युवाको नेतृत्व विकास, संगठनमा नयाँ पुस्ताको सहभागिता र पार्टीलाई समयानुकूल रूपमा रूपान्तरण गर्ने विषयलाई आफ्नो प्राथमिकतामा राखेको उनले बताएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।