शुक्लागण्डकीमा विश्व आदिवासी जनजाति दिवस सप्ताहव्यापी रूपमा मनाइने
superadmin १८ श्रावण २०८३, सोमबार

तनहुँ, साउन १८ — नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् शुक्लागण्डकीले ३२औँ विश्व आदिवासी जनजाति दिवस सप्ताहव्यापी कार्यक्रमका साथ मनाउने भएको छ। खैरेनीटारमा आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत सार्वजनिक कार्यक्रमअनुसार दिवसको अवसरमा साउन १८ देखि २४ गतेसम्म विभिन्न जनचेतनामूलक, शैक्षिक तथा सांस्कृतिक कार्यक्रम सञ्चालन गरिनेछ। [...]