७०औँ वार दिवसको पावन अवसरमा तनहुँ जिल्ला अदालत बार एकाइको आयोजनामा विशेष कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रमतनहुँ जिल्ला अदालत बार एकाइकी अध्यक्ष सरिता थापा भण्डारीको अध्यक्षतामा तथा माननीय न्यायाधीश विष्णु प्रसाद उपाध्यायज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

उक्त कार्यक्रममा तनहुँ जिल्लाका तीन जना माननीय न्यायाधीशज्यूहरू, अदालतका श्रेस्तेदारज्यूहरू, वरिष्ठ अधिवक्ताज्यूहरू, कानूनव्यवसायीहरू तथा सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ताज्यूहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा अन्तर्राष्ट्रिय स्तरमा कानून व्यवसायीहरूको गरिमामय स्थान रहेको चर्चा गर्दै नेपालमा पनि कानून व्यवसायीहरूको पेशागतमर्यादा स्तर अझ उच्च बनाउँदै अघि बढ्न यस वार दिवसले प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना आदानप्रदान गरियो।

यसै अवसरमा तनहुँ जिल्ला अदालत बार एकाइका पूर्व अध्यक्ष तथा वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले ज्यू पार्देशिक अस्पताल, दमौलीको अध्यक्ष पदमा मनोनीत हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।