तनहुँ । जिल्ला प्रहरी कार्यालय तनहुँले हतियारसहित एक जनालाई पक्राउ गरेको छ।

मिति २०८२ साल ०९ महिना ०४ गते शुक्रबार बिहान करिब ३ बजे तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बेनिटारस्थित पृथ्वीराजमार्ग सडकखण्डमा सवारी तथा मानिसहरूको चेकजाँच गर्ने क्रममा हतियारसहित एक युवकलाई नियन्त्रणमा लिइएको हो।

अस्थायी प्रहरी पोष्ट मुग्लिन पुलजिपबाट खटिएको प्रहरी चेकिङ टोलीले बारा जिल्लाको कलैयाबाट पोखरातर्फ जाँदै गरेको ग २ ख २७५ नम्बरको बस चेकजाँच गर्ने क्रममा बसमा सवार बारा जिल्ला सुवर्ण गाउँपालिका–१ निवासी करिब १९ वर्षीय ओम बाबु प्रसाद यादवलाई शंकास्पद अवस्थामा फेला पारेको थियो।

प्रहरीले उनको शरीर खानतलासी गर्दा लुकाइछिपाइ ल्याइएको छोटो हतियार (कटुवा पेस्तोल) १ थान बरामद भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।