नेकपा एमालेको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजा अनुसार तनहुँ जिल्लाबाट ६ जना उम्मेदवार विजयी भएका छन्।

केन्द्रीय सदस्यमा तनहुँका किरण गुरुङ (१६२७ मत), केदार सिग्देल (१४९७ मत), भगवती न्यौपाने (१८७३ मत) र कृष्णकुमार श्रेष्ठ ‘किसान’ (१५६० मत) विजयी हुनुभएको हो।

त्यसैगरी, केन्द्रीय अनुशासन आयोगको सदस्यमा तनहुँकै शान्तिदेवी खनाल र परितोष पौडेल पनि विजयी हुनुभएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।