– मेघराज आचार्य
    पोखराबाट …

बगेर जाने पानी हो फरक पर्दैन !
फकिरको जिन्दगानी हो फरक पर्दैन !

रोजाइमा होलान धन , रुप बलेको आगो !
आखिर हुने खरानी हो फरक पर्दैन!

व्यर्थ घोकिएछ यार सत्य यो इमान !
चल्ने भनेकै झूट कि जवानी हो फरक पर्दैन !

चलचित्र बन्दै गर्छन प्रीया यो दुनियाँमा !
बिक्ने आखिर हाम्रै कहानी हो फरक पर्दैन !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।