तनहुँ, आँबुखैरेनी ।

मंसिर ३ गते साँझ करिब ७ः३० बजे तनहुँको आँबुखैरेनी गाउँपालिका–३, आँबुगाउँस्थित भित्री सडक खण्डमा बोलेरो जिप दुर्घटना हुँदा ६ जना घाइते भएका छन्। छिम्केश्वरीबाट आँबुखैरेनीतर्फ आउँदै गरेको से १ च ६५१ नम्बरको बोलेरो जिप चालकले नियन्त्रण गुमाउँदा जिप सडकमा पल्टिएको हो। जिपमा चालक सहित ११ जना सवार थिए।

दुर्घटनामा घाइते भएकामध्ये ६ जनालाई उपचारका लागि आँबुखैरेनी अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेहरूको विवरण:
१. दोमाया गुरुङ (२० वर्ष), ईच्छाकामना–२, चितवन — बाँया हातमा चोट, अवस्था सामान्य।
२. जितबहादुर गुरुङ (२६ वर्ष), आँबुखैरेनी–५ — दाहिने खुट्टामा चोट, अवस्था सामान्य।
३. भावना गुरुङ (१६ वर्ष), आँबुखैरेनी — शरीरका विभिन्न भागमा भित्री चोट, बोल्न नसक्ने अवस्था, मध्यम गम्भीर।
४. अचित गुरुङ (२५ वर्ष), आँबुखैरेनी — बाँया हातमा चोट, अवस्था सामान्य।
५. सरस्वती गुरुङ (३४ वर्ष), कालिका नगरपालिका–८ — बाँया हात र कुममा चोट, अवस्था सामान्य।
६. पुष्पलाल श्रेष्ठ (३१ वर्ष), ईच्छाकामना–५ — टाउकोमा चोट, बोल्न नसक्ने, अवस्था गम्भीर।

प्रहरीका अनुसार चालकसहित अन्य ५ जना सकुशल रहेका छन्। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।