तनहुँजिल्लाको आँबुखैरेनी गाउँपालिका सत्रसयस्थित पृथ्वीराजमार्गमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना घाइते भएका छन्।

मिति २०८२ साल असोज गते दिउँसो :१० बजे डुम्रेबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा.प्र.०३०३४ .७६३१ नं.को मोटरसाइकलअनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।दुर्घटनामा गोरखा गण्डकी गाउँपालिका घ्यालचोकका २८ वर्षीय अर्जुन सार्की चितवन इच्छाकामना गाउँपालिका सिमलतालका३१ वर्षीय बादल गुरुङ घाइते भएका छन्। चालक सार्कीको दायाँ पाखुरा घुँडामा, भने पछाडि सवार गुरुङको टाउको पछाडितर्फ, दुवै घुँडा दायाँ पाखुरामा चोट लागेको प्रहरीलेजनाएको छ।

घाइते दुवै जनाको उपचारका लागि आँबुखैरेनी अस्पताल तनहुँमा ल्याइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।