काठमाडौं, २४ भदौ ।
टोखा नगरपालिका–२ चण्डेश्वरीमा एक युवकको हत्या भएको छ। पाँचथर घर भई चण्डेश्वरी बस्ने ४० वर्षीय राम लिम्बुको बिहीबार राति हत्या गरिएको हो।

घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उदयपुर घर भएका २७ वर्षीय गणेश लामा र सिन्धुली घर भएका ४० वर्षीय खुप बहादुर तामाङलाई पक्राउ गरेको जनाएको छ।

प्रहरीका अनुसार विवादका क्रममा उनीहरूले फलामको रड प्रहार गर्दा लिम्बु गम्भीर घाइते भएका थिए। उपचारका लागि ट्रमा सेन्टर पठाइएकोमा उनको उपचारकै क्रममा मृत्यु भएको हो।

प्रहरीले पक्राउ परेकाहरूलाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धानका लागि थुनामा राखेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।