शुक्लागण्डकी, असोज २१

ज्योति विकास बैंकले शुक्लागण्डकी नगरपालिका नम्बर वडा कार्यालयलाई कम्प्युटर हस्तान्तरण गरेको छ।

बैंकको थर्पु शाखा प्रमुख अप्सरा रिमालले सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत वडाध्यक्ष नारायण सिं थापालाई एक थान कम्प्युटर हस्तान्तरण गरेकी हुन्।

शाखा प्रमुख रिमालका अनुसार बैंकले सामुदायिक क्षेत्रको प्रविधि तथा सेवा सुदृढीकरणमा सहयोग पुयाउने उद्देश्यले कम्प्युटर उपलब्ध गराएको हो।

वडाध्यक्ष थापाले जेनजी आन्दोलनका क्रममा वडा कार्यालयमा आगलागी भएर क्षति पुगेपछि सेवा पुनः सुचारु गर्न कठिनाइ भइरहेको अवस्थामा ज्योति विकास बैंकले टेवा पुर्‍याएको बताए।

उनका अनुसार वडा कार्यालय अस्थायी रूपमा कृषि शाखा ढोरफिर्दीमा स्थापना गरी सेवा सञ्चालन भइरहेको छ। थापाले भने, “बैंकको यो सहयोगले कार्यालयको दैनिकी कामकाजमा सहजता ल्याउनेछ सेवाग्राहीलाई अझ छिटो सेवा उपलब्ध गराउन मद्दत पुग्नेछ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।