काठमाडौं, १५ असोज ।
सडक सुरक्षामा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्ने सिन्धुली घ्याङलेख गाउँपालिका–५ का ३६ वर्षीय नेवाङ तामाङ हुन्।

प्रहरी प्रधान कार्यालयका अनुसार तामाङलाई काठमाडौं महानगरपालिका–१०, बुद्धनगरबाट पक्राउ गरिएको हो। उनी बबरमहलमा बस्दै आएका थिए।

सडकमा खटिएका प्रहरीलाई अपशब्द बोलेको तामाङको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीको टोलीले पक्राउ गरेको जनाएको छ।


कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।