भिमाद, १० असोज ।
चाडपर्वलाई लक्षित गर्दै जेन्जी भिमादले भिमाद नगरपालिकाका नगरप्रमुख दधिराज सुवेदीलाई ध्यानाकर्षण पत्र बुझाएको छ।
जेन्जीले बुझाएको पत्रमा साँघुरो सडकमा ट्राफिक व्यवस्थापन, व्यवस्थित पार्किङ, बसपार्कको प्रभावकारी प्रयोग, अव्यवस्थित तार–पोलको मर्मत, शान्ति–सुरक्षाका लागि प्रहरी गस्ती, चाडपर्वका बेला सडक बत्तीको व्यवस्था लगायतका तत्काल कार्यान्वयन गर्नुपर्ने मागहरू राखिएका छन्।
त्यसैगरी अनियन्त्रित उत्खनन नियन्त्रण, कालोबजारी तथा मूल्यवृद्धि रोकथाम, बजेट वितरणमा राजनीतिक प्रभाव नपार्ने, छिटोछरितो प्रशासनिक सेवा प्रवाह, फोहोरमैला व्यवस्थापन, सार्वजनिक जग्गा अतिक्रमण नियन्त्रण र अनुगमन समितिमा विज्ञ सदस्यको समावेशीकरणका माग पनि पत्रमा उल्लेख छन्।
मागहरू बेवास्ता भए त्यसबाट हुने सम्पूर्ण क्षति र जिम्मेवारी नगरपालिकामाथि पर्ने चेतावनी पनि जेन्जीले दिएको छ।