काठमाडौं ।
जेनजी आन्दोलनका क्रममा महाराजगञ्ज प्रहरी वृत्तका प्रहरीको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्।

प्रहरीले कर्तव्य ज्यान मुद्दामा २६ वर्षीय युवराज क्यापछाकीलाई पक्राउ गरी म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर काठमाडौंकी डिएसपी पूर्णिमा चन्दले जानकारी दिनुभयो।

भदौ २४ गतेको प्रदर्शनका क्रममा तीन जना प्रहरीको मृत्यु भएको थियो। मृतकमध्ये दुई जना प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापा महाराजगञ्ज प्रहरी वृत्तमै कार्यरत थिए भने प्रहरी सहायक हवल्दार अमृत गुरुङ कोटेश्वर प्रहरी प्रभागका थिए। उनीहरूको कुटपिटबाट मृत्यु भएको प्रहरीको भनाइ छ।

भदौ २३ र २४ गते भएको आन्दोलनका क्रममा जम्मा ७४ जनाले ज्यान गुमाएका थिए।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।