दमौली । नेपाली काङ्ग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारीले पार्टीको संविधान दिवसका कार्यक्रमप्रति आपत्ति जनाएका छन् ।
अधिकारीले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै हालै पार्टी कार्यालयमा भएको तोडफोड र नेता–कार्यकर्ता माथि भएको आक्रमणमा समेत जिल्ला नेतृत्व मौन बसेको अवस्थामा संविधान दिवसको कार्यक्रममा सहभागी हुनु औचित्यहीन देखिने बताए ।
उनले भने, “कार्यक्रममा सहभागी हुन जाँदा कुनै अराजक समूहले आक्रमण गर्यो भने त्यसको जिम्मा कसले लिन्छ ? त्यसैले कार्यक्रममा जानु अगाडि एकपटक अवश्य सोच्नुपर्छ ।”