नारायणगढ–मुग्लिन सडकखण्डमा बसमाथि ढुंगा खस्दा एक यात्रुको ज्यान गएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मंगलबार साँझ तनहुँबाट नारायणगढतर्फ जाँदै गरेको ग२ख १८३६ नम्बरको बस इच्छाकामना गाउँपालिका–६ नाम्सीखोला पुल नजिक पुग्दा माथिबाट खसेको ढुंगाले बसमा सवार यात्रु घाइते भएकी थिइन्।

ढुंगाको ठक्करबाट लमजुङ घलेगाउँ घर भएकी ४६ वर्षीया ऐश्वर्या कामी गम्भीर घाइते भइन्। उनलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पुर्‍याइए पनि उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनापछि बस र चालक तनहुँ म्याग्दे गाउँपालिका–२ का ३५ वर्षीय तेज कुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।