तनहुँ,

शुक्लागण्डकी नगरपालिका–९ को कार्यालयलाई डिजी लिंक नेटवर्क प्रालिले कम्प्युटर सेट सहयोग गरेको छ । हालै जेन–जी प्रदर्शनकारीले तोडफोड र आगजनी गरी ध्वस्त बनाएको वडा कार्यालयलाई पुनः सेवा सुचारु गर्न सहयोग स्वरूप कम्प्युटर उपलब्ध गराइएको हो ।

आइतबार आयोजित कार्यक्रममा डिजी लिंकका प्रबन्ध निर्देशक विवेक वाग्लेले वडाध्यक्ष धनबहादुर पुलामी ‘बाबुराम’ लाई सिपीयू, मनिटर, किबोर्ड र माउससहितको एक थान कम्प्युटर हस्तान्तरण गरेका हुन् ।

सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरिएको वाग्लेले बताए । “देशभर सरकारी संरचना प्रदर्शनकारीले जलाएका छन्, तर हामी फेरि पनि पूर्ववत् अवस्थामा फर्कनुपर्छ । त्यसका लागि प्रत्येक नागरिकले सकेको सहयोग गर्नुपर्ने बेला आएको छ,” उनले भने ।

वडाध्यक्ष पुलामीले कार्यालय जलेर ध्वस्त भएपछि सेवाप्रवाह प्रभावित भएको उल्लेख गर्दै नयाँ ठाउँबाट सेवा दिन सुरु गर्ने तयारी भइरहेको जानकारी दिए । “सबैको सहयोगले मात्रै सहज रूपमा जनतालाई सेवा दिन सकिन्छ,” उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।