काठमाडौँ – कृषी तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीले पदबाट राजीनामा दिनुभएको छ।
नेपाली कांग्रेसबाट मन्त्री बन्नुभएको अधिकारीले आज पदबाट राजीनामा दिनुभएको हो ।
यस्तो छ उनको राजीनामा पत्र:
सम्माननिय प्रधानमन्त्रीज्यु,
नेपाल सरकार
सिंहदरबार, काठमान्डौ।
विषयः राजिनामा पेश गरिएकोबारे।
उपर्युक्त सम्बन्धमा म रामनाथ अधिकारी नेपाली काँग्रेस धादिंग जिल्ला क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भई मिति२०८१ असार ३१ गतेबाट यहाँको मन्त्रीमन्डलमा कृषी तथा पशुपंछी मन्त्रिको रुपमा ईमानदारीपुर्वक निष्ठाका स
साथ आम जनता र किसान दाजुभाईको हितमा समर्पित हुन पाएकोमा यहाँलाई हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु।
मैले प्रतिनिधित्व गर्ने नेपाली काँग्रेसको लोकतान्त्रिक ईतिहासप्रति मलाई सदैव गर्व छ र अहिंसा लोकतन्त्रको प्राण हो भन्ने मेरो दलकोसिद्धान्तमा एक सच्चा सिपाहीको नाताले कुनै सम्झौता हुनुहुन्न भन्नेमा म सदैव प्रतिबद्ध छु।
आज मिति २०२८२ भाद्र २३ गते हाम्रो छोराछोरीरनातिनातिना पुस्ताले काठमांडौ र देशका विभिन्न स्थानमा देशमा व्याप्त भ्रष्टाचार रअभिव्यक्ति स्वतन्त्रतामाथीको नियन्त्रण विरुद्ध हामीलाई खबरदारी गरेका हुन्। लोकतन्त्रमा प्रश्न सोध्नु र शान्तीपुर्ण विरोध गर्नु आमनागरिकको नैसर्गिक अधिकार भएको कुरा मनन गर्नुको बदला सरकारवाट ब्यापकरुपमा भएको दमन, हत्या र बलप्रयोगले हामीलोकतन्त्र तर्फ नभई तानशाही व्यवस्थातर्फ उन्मुख भई रहेको आभाष मिलि रहेको छ। स(साना कलिला छोराछोरीहरुको दमन गर्दै योसरकारमा बसि रहन मेरो नैतिकता र मेरो दलले बोकेको बिचार र मलाई प्रदान गरेको शिक्षाको खिलाफ हुने मेरो ब्रम्हले मलाई चेतावनीदिएको र मलाई मेरो पदीय जिम्मेवारीमा टाँसी रहन अपराधबोध भएकोले सम्पुर्ण देश र जनता समक्ष म समेत भएको सरकारले गरेकोदमन प्रति क्षमायाचना गर्दै, सरकारको यो अलोकतान्त्रिक कदमप्रति घोर आपत्ती जनाउँदै तत्कालै लागु हुने गरी यहाँ समक्ष राजिनामापेश गरेको छु।
पटक/ पटक युवापुस्ताले आन्दोलन गरि रहनुपर्ने र सत्तासिनहरुले सदैव असहिष्णुता देखाई दमन गरि रहने हाम्रो बिडम्बनाबाट मुलुकलेचाँडै निकास पाओस्, जनताको जिवन र अभिव्यक्ति स्वतन्त्रताभन्दा माथी लोकतन्त्रमा केही हुँदैन, हामी माननीय र सम्माननीय भन्दाहाम्रा जनता सार्वभौम हुन् भन्ने सामान्य चेतना हामीमा विकास होस् भन्ने शुभेच्छा व्यक्त गर्दछु।
जय नेपाल१
रामनाथ अधिकारी
मन्त्री
कृषी तथा पशुपंक्षी मन्त्रालय
सिंहदरबार, काठमांडौ



