म्याग्दे गाउँपालिका–४, थर्पु बजार नजिकै पृथ्वी राजमार्गमा २०८२ भदौ २० गते साँझ करिब ५ः१० बजे ट्राफिक प्रहरी र प्रहरी चौकीथर्पुबाट खटिएको संयुक्त प्रहरी टोलीले सवारी साधन चेकजाँच गर्ने क्रममा लागुऔषध गाँजा सहित दुई जनालाई नियन्त्रणमा लिएकोछ।

धादिङबाट पोखरा जाँदै गरेको बा ९२ प ५४२८ नम्बरको मोटरसाइकल रोकि चेकजाँच गर्दा सवारहरूले बोकेको झोलामा ४ वटाप्याकेटमा प्याक गरिएको २५ किलो २९० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।

पक्राउ पर्नेहरूमा धादिङको गजुरी गाउँपालिका–१ का ३८ वर्षीय अक्कल बहादुर तामाङ (मोटरसाइकल चालक) र एराङ गाउँपालिका–१ का ४५ वर्षीय मदन बहादुर तामाङ रहेका छन्। बरामद सामग्री लागुऔषध गाँजा २५ किलो २९० ग्राम रहेको छ ।

बा ९२ प ५४२८ नम्बरको मोटरसाइकल, मोबाइल फोन (Bontel र Itel कम्पनीका म्याक–प्याड २ थान, VIVO T1 5G १ थान) पक्राउपरेका दुवै जना तथा बरामद गरिएको सामानलाई थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमा ल्याइएकोसचूना अविकारी प्रहरी निरीक्षक आशिष वि.क ले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।