दमौली । नेपाल रेडक्रस सोसाइटीको ६३ औं स्थापना दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट शाखाले रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट शाखाका सभापति ईश्वर पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा व्यास नगरपालिकाका प्रमुखवैकुण्ठ न्यौपाने प्रमुख अतिथि रहनु भएको थियो । कार्यक्रममा विशिष्ट अतिथि नेपाल रेडक्रस सोसाईटी तनहुँ जिल्ला शाखाका सभापति एवम् नेपाल रेडक्रस सोसाइटीका पूर्व केन्द्रीय सदस्य प्रा.डा. कृष्ण प्रसाद गौतम हुनु भएको थियो ।
त्यस्तै व्यास–१० का वडा अध्यक्ष खेमराज पोखरेल, नेपाल रेडक्रस सोसाइटी गण्डकीका महासचिव रामदत्त पौडेल, नेपाल रेडक्रस सोसाइटी तनहुँका मन्त्री सुर्यचन्द्र हडखले, रेडक्रस कर्मि केसु गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीको स्थापना कालदेखि अहिलेसम्मका क्रियाकलापबारे चर्चा गरिएको थियो ।कार्यक्रममा रेडक्रसले विपद् व्यवस्थापनदेखि सामाजिक सेवा सम्मको महत्वपूर्ण योगदानबारे जानकारी दिइएको थियो । उक्त रक्तदान कार्यक्रममा ११ जनालेरक्तदान गरेका थिए ।
कार्यक्रमको सञ्चालन नेपाल रेडक्रस सोसाइटी दुम्सिकोट शाखाका सचिव टिकाराम दाहालले गर्नुभएको थियो ।