दमौली । आदिकवि भानुभक्त क्याम्पसको ३९ औं वार्षिकोत्सव तथा १२ औं अधिवेशनको अवसरमा ईनर व्हील क्लब अफ दमौलीले छात्रालाई आर्थिक सहयोग गरेको छ।

क्याम्पसको विकास तथा विस्तार अभियानअन्तर्गत शिक्षाशास्त्र संकाय स्नातक तह दोस्रो वर्षमा अध्ययनरत छात्रा लिला गुरुङलाई शैक्षिक उन्नतिको लागि रु. १०,१८२ (दश हजार एक सय ब्यासी रुपैयाँ) सहयोग गरिएको हो।

उक्त सहयोग रकम क्याम्पस अध्यक्ष बुद्धीमान श्रेष्ठ तथा प्रमुख अतिथि पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य माननीय शंकर भण्डारीको उपस्थितिमा छात्रालाई हस्तान्तरण गरिएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।