गृहमन्त्री रमेश लेखकले बुधबार गृह मन्त्रालयमा आयोजित कार्यक्रममा सेवा निवृत्त हुन लागेका प्रहरी महानिरीक्षक (आइजिपी) दीपक थापालाई बिदाइ गरेका छन्।
मध्यरातिदेखि अनिवार्य अवकाशमा जान लागेका थापालाई शुभकामना दिँदै मन्त्री लेखकले राज्यले दिएको जिम्मेवारी निष्ठा, व्यावसायिकता र इमानदारीका साथ पूरा गरेको बताए।
सरकारले बिहीबारदेखि लागू हुने गरी एआइजी चन्द्रकुवेर खापुङलाई नयाँ आइजिपी नियुक्त गर्ने निर्णय गरेको छ।