दमौली (तनहुँ)। रोट्रयाक्ट क्लब अफ दमौलीले आफ्नो २३ औं पदस्थापना कार्यक्रम शनिबार भव्यताका साथ दरबार पार्टि प्यालेसमा सम्पन्न गरेको छ।
कार्यक्रममा व्यास नगरपालिकाका नगर प्रमुख वैकुण्ठ न्यौपाने प्रमुख अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। साथै श्री कालिभञ्जन गण(ई) का क्याप्टेन जोन डङ्गोल, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक शिवप्रसाद पाठक, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ कीADRR डा. अनुपा वाग्ले, रोटरी क्लब अफ दमौलीकी अध्यक्ष रो. बिना कैनी लगायत विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी व्यास–३ का वडा अध्यक्ष अनुप राना, रोट्रयाक्ट डिष्ट्रिक्ट ३२९२ जोन–१५ का ZRR अनुज बिमली, महिला उधमि सघं गण्डकीप्रदेश उपाध्यक्ष निर्मला मल्ल, इनर विल क्लब अफ दमौलीका अध्यक्ष सिर्जना घिमिरे, विभिन्न रोट्रयाक्ट क्लबका अध्यक्ष एवंप्रतिनिधि, तथा दमौली आसपासका सामाजिक संघसंस्थाका प्रतिनिधिहरूले पनि आतिथ्य प्रदान गरेका थिए।
कार्यक्रमका क्रममा तत्कालीन अध्यक्ष रो. रवि अधिकारी र सचिव पवन पौडेलबाट नवनिर्वाचित अध्यक्ष रो. गोविन्द तिमल्सेना र सचिवकरण नेपालीलाई पद हस्तान्तरण गरिएको थियो। सो अवसरमा क्लबले तीन जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने तथादुई विपन्न परिवारलाई स्वास्थ्य बीमा सुविधा उपलब्ध गराएको थियो।
नव–अध्यक्ष तिमल्सेनाले पदभार ग्रहण गर्दै क्लबलाई अझ सक्रिय बनाउँदै शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण र युवा क्षमता विकासकाक्षेत्रमा प्रभावकारी कार्यक्रम अघि बढाउने प्रतिबद्धता जनाउनुभयो।
नगर प्रमुख न्यौपानेले रोट्रयाक्ट क्लब अफ दमौलीले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान गर्दै आएको उल्लेख गर्दै आगामी दिनमा पनि नगरपालिकाले साथ र सहयोग गर्ने आश्वासन दिनुभयो।
यस अवसरमा क्लबले वार्षिक प्रतिवेदन र वार्षिक बुलेटिन सार्वजनिक गरेको थियो। साथै, रोट्रयाक्ट क्लब अफ कावासोतीसँग टुविनसिपसमेत गरिएको र भविष्यमा दुवै क्लब मिलेर सामाजिक क्षेत्रमा सकारात्मक कार्य अघि बढाउने जानकारी दिइएको थियो।