तनहुँ, भदौ १४ – अखिल नेपाल महिला संघ शुक्लागण्डकी नगर कमिटीको तेस्रो नगर अधिवेशन शनिवार भव्यताका साथ सम्पन्न भएको छ। अधिवेशनले संगठनलाई अझ सशक्त बनाउँदै आगामी कार्यकालका लागि कमरेड गिता महतको अध्यक्षतामा २६ सदस्यीय नगर कमिटी सर्वसम्मत रूपमा चयन गरेको छ।
नगर कमिटी अध्यक्ष गिता महत, उपाध्यक्ष नौ माया गुरुङ, सचिव संगिता भण्डारी, उपसचिव लिला के.सी., कोषाध्यक्ष निरुसुनार र सदस्यहरू कृष्णकुमारी राना, शोभा पौडेल, सरु लम्साल, सरस्वती लम्साल, सुमित्रा थापा, लक्ष्मी थापा, प्रतिक्षा ढकाल, संगिता भुजेल, अप्सरा भट्टराई, सकुन्तला राना, धनी माया वाग्ले, सरु गुरुङ, प्रिती गुरुङ, लक्ष्मी बि.क., सर्मिला राना, देवी भुजेल, अस्मिता बि.क., शोभा गुरुङ, सिता कुवँर, यामकुमारी भुजेल, कल्पना कुमाल निर्वाचित भएका छन् ।