संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले हरितालिका तीज २०८२ का अवसरमा सम्पूर्ण आमा, दिदीबहिनी तथा दाजुभाइहरूलाई हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।
मन्त्री न्यौपानेले नेपालीहरूले मनाउने हरेक पर्व महत्त्वपूर्ण हुने उल्लेख गर्दै तीज केवल धार्मिक एवम् सांस्कृतिक पर्व मात्र नभई महिलाहरूको स्वतन्त्रता, न्याय र अधिकारका पक्षमा आवाज बुलन्द गर्ने पर्वको रूपमा स्थापित हुन सक्ने बताउनुभयो ।
उहाँले आगामी दिनमा पनि न्याय र समानताको पक्षमा सकारात्मक सन्देश दिँदै तीज पर्वलाई अझ प्रभावकारी र महत्त्वपूर्ण बनाउन सकिने विश्वास व्यक्त गर्नुभयो ।