तनहुँ, २०८२ भदौ ६ गते।

सहिद मनोज–झपेन्द्र–सुरेन्द्र स्मृति दिवस–२०८२ को अवसरमा नेपाल निजामती कर्मचारी संगठन, केन्द्रीय कार्य समितिद्वारा तनहुँ जिल्ला कार्य समितिलाई गण्डकी प्रदेशकै उत्कृष्ट कार्य समिति घोषणा गरिएको छ।

यस अवसरमा आयोजित “सहिद स्मृति मूल समारोह” र नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज–२०८२ को शुभकामना आदान–प्रदान तथा सम्मान कार्यक्रममा तनहुँ जिल्ला कार्य समितिका अध्यक्ष भगवान त्रिपाठीलाई “उत्कृष्ट कार्य समितिको सम्मानपत्र” प्रदान गरिएको हो।

सम्मानपत्र नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी माननीय मन्त्री भगवती न्यौपानेज्यूको प्रमुख आतिथ्यतामा प्रदान गरिएको थियो।

कार्यक्रमले तनहुँ जिल्ला कार्य समितिको संगठनात्मक सुदृढता, सक्रियता र सहिद स्मृति दिवसलाई सार्थक बनाउन पुर्याएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै समितिलाई गण्डकी प्रदेशकै आदर्श र अनुकरणीय कार्यसमिति घोषित गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।