काठमाडौँ, भदौ ४ । आदिकवि भानुभक्त क्याम्पस दमौलीका बिबिए चौथो सेमेष्टरमा अध्ययनरत विद्यार्थी तथा प्राध्यापकहरूको भ्रमण टोलीले बुधबार बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटघाट गरेको छ।

बिबिए पाठ्यक्रम अन्तर्गत नेपालका राजनीतिक, सामाजिक र शैक्षिक विषयमा स्थलगत अध्ययन गर्ने कार्यक्रमअनुसार टोलीलाई राष्ट्रपति पौडेलसँग प्रत्यक्ष भेटघाट गर्ने अवसर प्रदान गरिएको हो।

सहायक प्राध्यापक विष्णु हडखलेको नेतृत्वमा पुगेको टोलीसँग राष्ट्रपति पौडेलले संविधान र राष्ट्रपतिको अधिकार, कर्तव्य तथा दायित्वबारे विस्तृत जानकारी दिएका थिए। विद्यार्थीहरूले राखेका विभिन्न जिज्ञासाको जवाफसमेत राष्ट्रपतिले दिनुभएको थियो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।