दमौली .. २०८१/०८२ मा सम्पन्न कार्यक्रमहरूको वार्षिक प्रगति समीक्षा तथा चालु .. २०८२/०८३ का कार्यक्रमहरूको प्रवोधिकरण बैठक आज जिल्ला समन्वय समितिको सभाहल, दमौलीमा सम्पन्न भएको छ।

बैठकमा जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारी, जिल्ला समन्वय अधिकारी प्रकाश पौडेलले मन्तव्य व्यक्त गर्नुभएको थियो।

गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत सामाजिक विकास कार्यालय तनहुँले आयोजना गरेको उक्त कार्यक्रममा सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विदुर हरि आचार्यले स्वागत मन्तव्य राख्दै विगत वर्षका उपलब्धि आगामी वर्षका योजनाबारे जानकारी दिनुभएको थियो।

बैठकले गत वर्षका उपलब्धि, चुनौती सिकाइका आधारमा चालु आर्थिक वर्षका कार्यक्रमहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक दिशानिर्देशनहरू प्रदान गरेको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।