तनहुँ

न्यु भिजन युथ क्लव, म्याग्दे जामुने तनहुँले आगामी भाद्र १० ११ गते १३ औँ खुल्ला तिज गीत तथा नृत्य प्रतियोगिता आयोजना गर्नेभएको छ।

क्लवले प्रत्येक वर्ष तिज प्रतियोगिता, फुटबल प्रतियोगिता लगायतका सांस्कृतिक तथा खेलकुद कार्यक्रमहरू गर्दै आएको छ। साथैसामाजिक क्षेत्रमा पनि सक्रिय रहँदै आएको यस क्लवले भर्खरै लाख ७५ हजार रुपैयाँ लागतमा राधा मा.वि.मा सरस्वती मन्दिर निर्माण सम्पन्न गरेको उपाध्यक्ष अमिर श्रेष्ठले जानकारी दिनुभयो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।