तनहुँ, साउन २०
चितवनबाट दमौली ल्याइएको अखाद्य अमिलो व्यास नगरपालिकाले बरामद गरेको छ।

आज दमौली बजार क्षेत्रमा बिक्रीका लागि ल्याइएको उक्त अखाद्य अमिलो एक जना बिचौलिया महिलासहित नियन्त्रणमा लिइएको व्यास नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार स्वास्थ्यमा गम्भीर असर पार्ने खालको उक्त अमिलो बजारमा बिक्री हुन नपाओस् भन्ने उद्देश्यले अनुगमन टोली खटाइएको थियो।

बरामद गरिएको अमिलो परीक्षणका लागि सम्बन्धित निकायमा पठाइएको र दोषीमाथि आवश्यक कारबाही प्रक्रिया अघि बढाइने व्यास नगरपालिकाले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।