काठमाण्डौ । साधारण पर्यटक गाईडको काम गरेका केशव अधिकारीले अहिले जापानमा ४० जनालाई रोजगारी दिएका छन् । धादिङबाट पढ्नको लागि काठमाण्डौ आएका केशव अधिकारी यतिबेला करोडौका मालिक पनि भएका छन् । सानैदेखि केहि गर्छु भन्ने हुटहुटीले गर्दा उनले सोचे अनुरुप अध्ययन त गर्न पाएनन् तर मेहनतले उन्ले आज नेपालमा मात्र होईन सात समुन्द्र पारि जाापानमा पनि सफल उद्यमीको रुपमा परिचय बनाएका छन् । काठमाण्डौको शिवपुरी स्कुलमा पढ्दै गर्दा ठमेलमा पर्यटन गाईडको रुपमा काम गर्न थालेका केशवलाई जापानिज भाषा सिक्न मन लागेको थिए । बल्लतल्ल पाएको काम अनि उतिबेलाको थोरै तलब तर पनि जहाँ ईच्छा त्यहा उपाय भनेझै उन्ले जापनिज भाष सिकिछाडे । १३।१४ वर्षको उमेरदेखि काम गर्नुपर्छ भनेर मेहनत गरेका केशवलाई जापनिज भाष सिकेर निकै फलिफाप हुन थाल्यो । बि.सं. २०४७ । ४८ सालतिर नेपालमा जापानिज भाषा जान्ने मानिसको अभाव हुने समयमा जापानिज भाषा खरर बोल्नसक्ने केशवले नेपाल आएका जापानिज पर्यटक घुमाउने काम मात्र होईन काठमाण्डौमा रहेको जापानिज दूतावाससँग समन्वय गरेर काम समेत गर्न थाले र जापानिज पर्यटकलाई घुमाएकै कारण २० बर्षको उमेरमा नै सन् १९९८ मा जापान जान पाएँ। धािदगंको सामान्य परिवारबाट आएर ठमलका गल्लिमा पर्यटक घुमाउदै जापान पुगिसकेका केशवको मनमा सपनाहरुको चागं थियो त्यसै कुरालाई साकार रुप दिन उन्ले ट्रेकिङ एजेन्सी र ट्राभल एजेन्सी सुरू गरे। अरुले भनिदिएर पर्यटक गाईडको काम गरेर उकालो चढेका केशव त्यतिवेला २३।२४ जना कर्मचारी राख्न सक्ने अवस्थामा पुगेका थिए । केशव पानी पधेरो भैं जापान ओहोर दोहोर गरिरहन्थे तर समय एकनाश कहिल्यै हुदैन भने झैं माओवादी द्वन्द्वले नेपालमा पर्यटकको आगमन घट्दै गयो । पर्यटन व्यसवाय त उठ्नै नसक्ने गरेर थला पर्नुका साथै अन्य व्यापार व्यवसायहरु बन्द हुने अवस्था भएपछि सन् २००३ मा केशव पनि जापान हानिए ।
नेपालमा २३,।२४ जनालाई राजगार दिएर बसेका केशवले जापान जाने बित्तिकै काम पाउन त सकेनन् पाए पनि उन्ले सोचेको जस्तो सजिलो काम पाउन सम्भव पनि थिएन । नेपालको व्यवसाय माओवादी द्धन्दले चौपट भएर जापान गएका केशव नेपाल फर्कन त चाहन्थेनन् फेरि आफ्नो सपना पुरा गर्नुपनि थियो अनि जापानमा सानो काम बाटै जागिर शुरु गरे । अनेकौ काम गर्दैगर्दै १० बर्षमा केशव आफैले ईण्डियन रेष्टुरेण्ट खोल्न सफल भए । मनमा चाहना, हातमा सिप र जाँगर छ भने जुनसुकै काम पनि गर्न सकिन्छ भनेर अगाडी बढेका केशवले इण्डियन रेस्टुरेन्ट सुरू गरेको १ वर्षपछि जापानिज रेस्टुरेन्ट सुरू गरे र बिस्तारै नौ वटासम्म रेस्टुरेन्टका मालिक बन्न पुगे । कोभिडका कारण भएको आर्थिक मन्दिका कारण कारणले केहि रेष्टेुरेण्टहरु बेचेर अहिले ४ वटा जापानिज रेस्टुरेन्ट संचालन गरिरहेका छन् । रेष्टुरेण्ट व्यवसायसगै केशवले जापानमा नेपालीहरुको संख्या बढेकोले नेपाली समुदायलाई टार्गेट गरेर चौतारो नामबाट व्यवसाय सुरू गरेका छन्। जहाँ विवाह, ब्रतबन्धका लागि बाहुन, बाजा सबै उपलब्ध छ। ठूलो समूहमा भोजभतेर गर्न समेत मिल्छ, उनले भने, चौतारोमा दाल, चामल, मसला, माछा, मासु, नेवारी खाना, दालभात ढिडो लगायत उपलब्ध छ।
नेपाली समुदायका कार्यक्रम गर्नको लागि चौतारो चर्चित रहेको उनको दाबी छ। त्यस्तै जापानिज रेस्टुरेन्टमा पनि पार्टी प्यालेस सहितको सेवा उपलब्ध रहेको उनले बताए। उनका सबै रेस्टुरेन्टमा गरेर झण्डै ४० जनाले रोजगारी पाएका छन्।
माओवादी द्धन्दको कारण देशबाट पलायन हुन बाध्य भएका केशवको मनमा दशको माया मरेको छैन त्यसैले केशवले फेरि ठमेलमा ट्राभल एजेन्सी संचालन गर्दै , पुर्ख्यौली थलो धादिङमा कृषि फार्म सुरू गरेका छन् । साधारण पर्यटक गाईड हुदै आज करोडौको मालिक भएका केशव अधिकारी मेहनत र धैर्यताले नै मानिसलाई सफल बनाउछ भन्दै उनी देशमा आर्थिक मन्दिमा कमी भएपछि आफ्नो पुरानो कर्मक्षेत्र ठमेल एरियामा सपिगं कम्प्लेक्स बनाउने योजनामा रहेका छन् ।
सेतोपाटीको सहयोगमा तयार पारिएको ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।