तनहुँ   संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपाने साउन गते तनहुँ आउन लागेकी छिन्। मन्त्री बनेपछि यो उनको पहिलो जिल्ला भ्रमण हुनेछ।

मन्त्री न्यौपानेको सचिवालयले दिएको जानकारी अनुसार, उनी साउन गते तनहुँको आवुखैरेनी, देवघाट दमौली क्षेत्रमा आयोजित विभिन्न भेटघाट तथा कार्यक्रमहरूमा सहभागी हुने छिन्। यस क्रममा उनले स्थानीय जनप्रतिनिधि, पार्टी कार्यकर्ता नागरिक समाजसँग छलफल तथा संवाद गर्ने कार्यक्रम रहेको छ।

त्यसैगरी, साउन १० गते विहान ११ बजे नेकपा एमाले तनहुँ जिल्ला पार्टी कार्यालयमा भेटघाट कार्यक्रम तय गरिएको छ। कार्यक्रममा पार्टीका स्थानीय नेता तथा कार्यकर्तासँग भेटघाट संगठन सुदृढीकरणबारे छलफल हुने बताइएको छ।

न्यौपानेको भ्रमण क्रममा उनी विभिन्न स्थानीय कार्यक्रमहरूमा समेत सहभागी हुने कार्यक्रम रहेको छ। मन्त्रीको यो भ्रमणले तनहुँमा विकास, प्रशासन तथा संघीय मामिला सम्बन्धी विषयमा समन्वय संवादलाई गति दिने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।