तनहुँ । नेपालीहरूको महान् पर्व बडादशैंको अवसर पारेर सामाजिक अभियन्ता सुदीप गफार र उहाँका साथीहरूले तनहुँका विभिन्न स्थानमा रहेका पाँच परिवारलाई खाद्यान्न तथा न्यानो कम्बल वितरण गरेका छन्।
दशैंको खुसी विपन्न तथा आवश्यकतामा रहेका परिवारसँग पनि साटासाट गर्ने उद्देश्यले उनीहरूले खाद्यान्न र न्यानो कम्बल सहयोग गरेका हुन्। चाडपर्वका बेला आर्थिक अभावका कारण समस्या भोगिरहेका परिवारलाई केही राहत पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको जनाइएको छ।

सामाजिक अभियन्ता गफार र उहाँका साथीहरूले हरेक वर्ष दशैंको अवसरमा यसरी नै आवश्यकतामा रहेका परिवारलाई सहयोग गर्दै आएका छन्। उनीहरूको यस मानवीय कार्यले सामाजिक उत्तरदायित्व, सहयोग र सद्भावको भावना प्रवर्द्धन गर्न सहयोग पुगेको छ।
चाडपर्वलाई रमाइलो गर्ने अवसरका रूपमा मात्र नभई दुःखमा परेका तथा आर्थिक रूपमा कमजोर परिवारको सहारा बन्ने अवसरका रूपमा समेत लिनुपर्ने सन्देश उनीहरूको अभियानले दिएको छ।
हरेक वर्ष निरन्तर रूपमा सहयोग गर्दै आएका गफार र उहाँका साथीहरूको यस कार्यले समाजमा मानवीय सेवा र परोपकारको भावना फैलाउन सकारात्मक योगदान पुर्याएको छ।


