दमौली । भुजेल समाज सेवा समिति तनहुँले भुजेल भाषा, संस्कार र संस्कृतिमा आधारित चलचित्र ‘ब्राओ आपुक रा’ (ठुल्दाईको नाङलो) दमौलीमा प्रदर्शन गर्ने भएको छ। भुजेल समाज सेवा समिति तनहुँको आज असोज १७ गते बसेको बैठकले चलचित्र असोज ३० गते दमौलीमा प्रदर्शन गर्ने निर्णय गरेको हो।
भुजेल समुदायको भाषा, मौलिक संस्कार, संस्कृति तथा परम्परालाई संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्र ‘ब्राओ आपुक रा’ (ठुल्दाईको नाङलो) लाई दमौलीमा प्रदर्शन गर्न लागिएको समितिले जनाएको छ।
चलचित्र प्रदर्शनमार्फत भुजेल समुदायको मौलिक भाषा तथा सांस्कृतिक पहिचानलाई व्यापक रूपमा चिनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


