साल्जबर्ग, अष्ट्रिया । रसुवामा गत भदौमा गएको बाढी तथा पहिरो पीडितहरूको राहत र पुनःस्थापनाका लागि अष्ट्रियाको साल्जबर्गमा बस्ने नेपालीहरूले आर्थिक सहयोग जुटाएका छन्। लामो समयदेखि अष्ट्रियामा बस्दै आएका समाजसेवी रामबहादुर विश्वकर्माको अगुवाइमा त्यहाँस्थित नेपाली समुदायले १ हजार ७ सय २० यूरो (करिब ३ लाख नेपाली रुपैयाँ) संकलन गरी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पठाएका छन्।
बाढीपीडितहरूले तत्काल राहत पाउन् भन्ने उद्देश्यले रामबहादुरले यसअघि २० हजार नेपाली रुपैयाँ गैरआवासीय नेपाली संघ एनराएनको आकस्मिक कोषमा जम्मा गराएका थिए । रामबहादुर अष्ट्रियकाे साल्जबर्ग शहरमा नेपाली रेष्टुरेन्ट काठमाण्डौ रेष्टुरेन्ट एण्ड बार संचालन गर्दै आएका व्यवसायी समेत हुन् । बाढीपीडितहरूकाे सहयोगका लागि उनको विशेष सक्रियतामा आफ्ना परिवारका सदस्यहरू तथा साल्जबर्गबासी अन्य नेपाली दाताहरूबाट रकम संकलन गरिएको जनाइएको छ । संकलित उक्त रकम अष्ट्रियाको बैंकमार्फत सिधै नेपाल सरकारको प्रधानमन्त्री राहत कोषको खातामा जम्मा भइसकेको छ।
याे परोपकारी अभियानमा सहयोग गर्ने दाताहरूमा अभियानका अगुवा रामबहादुर र राजु विश्वकर्माले २५० यूरो र बैंकबाट नेपाल पठाउँदा लाग्ने रकम ३० युरोसहित २८० युरो सहयोग गरेका छन्। यस्तै सोम कुमारी र हाइकोको खाता मार्फत ५७० यूरो संकलन भएको छ । जसमा सोम कुमारी वि.क.ले २०० यूरो, प्रेमबहादुर वि.क.ले २०० यूरो, सोमबहादुर वि.क.ले १०० यूरो, राजेश वि.क.ले ५० यूरो र गोपाल वि.क.ले २० यूरो योगदान गरेका छन् ।
यसैगरी प्रकाश खड्काले १०० यूरो, कृष्णबहादुर कामीले १०० यूरो, अमृत कुमार वि.क.ले ५० यूरो, पुष्पा रसायली वि.क.ले ५० यूरो, सम्झना वि.क.ले ५० यूरो र जय (भीमसिं) ले ५० यूरो सहयोग प्रदान गरेका छन् । राहत कोषका लागि रामचन्द्र वि.क., रोशन वि.क., मनीषा वि.क., सुनिल वि.क., प्रकाश सुनार, सरीना वि.क., आयुश विश्वकर्मा, अमृत पौडेल वि.क., दिपेन्द्र सुनार, बुद्धीमान वि.क., लक्ष्य बहादुर वि.क. र राम वि.क.ले जनही ३० यूरोका दरले आर्थिक सहयोग गरेका छन् । त्यस्तै राजु वि.क.ले ३० यूरो, रीनु वि.क.ले ३० युरो र प्रेम बहादुर वि.क.ले ३० यूरो सहयोग गरी रकम संकलनमा योगदान पुर्यारएका छन् ।

को हुन् रामबहादुर विश्वकर्मा ?
विगत ३ दशकभन्दा अघि अष्ट्रिया प्रवेश गरेका रामबहादुर विश्वकर्मा साल्जबर्ग शहरमा नेपाली रेष्टुरेन्ट काठमाण्डौ रेष्टुरेन्ट एण्ड बार संचालन गर्दै आएका सफल व्यवसायी हुन् । अष्ट्रियामा नेपाली कला, संस्कृति र पहिचानको प्रचारप्रसार गर्न तथा मर्कामा परेका नेपालीहरूलाई दुःखसुखमा सहयोग गर्न उनी सधैं अग्रपंक्तिमा रहँदै आएका छन् ।
अष्ट्रिया जानुअघि उनी आफ्नो जन्मथलो पर्वत जिल्लाको चित्रेस्थित श्री दुर्गा भवानी प्राथमिक विद्यालयको प्रधानाध्यापक थिए। तत्कालीन पञ्चायती व्यवस्थाको समयमा राजनीतिक र सामाजिक विभेदका कारण उनले शैक्षिक क्षेत्र छाड्नुपरे तापनि प्रवासमा रहेर पनि उनले आफ्नो मातृभूमि र नेपाली समुदायप्रति सदैव अगाध प्रेम र निस्वार्थ सहयोग दर्शाउँदै आएका छन्।


