दमौली । नेपाली कांग्रेसका प्रजातन्त्र सेनानी ओजराज पौडेलले नेपाली कांग्रेस तनहुँ क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी घोषणा गरेका छन्।
पौडेलले नेपाली कांग्रेसको लोकतान्त्रिक आन्दोलनमा लामो समयदेखि योगदान गर्दै आएको उल्लेख गर्दै पार्टीको नीति, सिद्धान्त, विचार र आदर्शलाई आत्मसात् गर्दै पार्टी संगठनलाई थप सुदृढ बनाउन आफ्नो उम्मेदवारी रहेको बताएका छन्।
उनले आफ्नो राजनीतिक जीवनमा विभिन्न लोकतान्त्रिक आन्दोलन तथा पार्टी संगठन निर्माणमा सक्रिय भूमिका निर्वाह गरेको उल्लेख गरेका छन्। लामो राजनीतिक अनुभव र संघर्षबाट प्राप्त ज्ञानलाई पार्टीको हितमा उपयोग गर्ने प्रतिबद्धता समेत पौडेलले व्यक्त गरेका छन्।
पौडेलले नेपाली कांग्रेसलाई लोकतान्त्रिक मूल्य, मान्यता र सामाजिक न्यायमा आधारित सशक्त पार्टीका रूपमा अघि बढाउन आफू निरन्तर सक्रिय रहने बताएका छन्।


