तनहुँ १० असोज
ब्राह्मण समाज नेपाल, व्यास नगरपालिका वडा नं. ४ को तेस्रो अधिवेशन शनिवार गरिएको  छ। अधिवेशनबाट नयाँ कार्यसमिति, नगर परिषद् र जिल्ला परिषद् सदस्यहरु सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।
समाजको अध्यक्ष पदमा सीता पण्डित निर्वाचित भएकी छिन्।
समितिक‍ो उपाध्यक्षमा उपाध्यक्षमा नवराज छिमाल, सचिवमा निर्मला चापागाईं, कोषाध्यक्षमा राधा न्यौपाने वाग्ले, सह-सचिवमा शान्तिदेवी छिमाल गौली सर्वसम्मत निर्वाचित भएका हुन् । त्यस्तै सदस्यहरुमा श्रीकृष्णराज पौडेल, मधु माया घिमिरे, विष्णु प्रसाद आचार्य र चन्द्रकला लामिछाने सर्वसम्मत निर्वाचित भएकी छिन्। नगर परिषद् सदस्यहरुमा सीता खनाल, सरस्वती पौडेल, भरतराज पौडेल, सूर्य कला काफ्ले र जयकृष्ण न्यौपाने चयन भएका हुन्। यसैगरी जिल्ला परिषद् सदस्यहरुमा
विजयराज भट्टराई, अन्जननराज न्यौपाने, टिकाराम दहाल, शारदा पौडेल र रमा वाग्ले निर्वाचित भएका हुन्।


यसैगरी सोही अवसरमा वडा नं. ४ को महिला समिति पनि गठन गरिएको छ। महिला समितिको अध्यक्षमा मधुमाया घिमिरे र उपाध्यक्षमा मिरा न्यौपाने सर्वसम्मत चयन भएका छन। समितिको सचिवमा वसुन्धरा पौडेल, सह-सचिवमा देवी न्यौपाने र कोषाध्यक्षमा अनुसा पौडेल निर्वाचित भएका छन्। सदस्यहरुमा क्रमश सपना दाहाल, विजया पौडेल, सीता पण्डित , सुरला देवी छिमाल, मैया भट्टराई र लक्ष्मी सिग्देल चयन भएका छन्।
निर्वाचन संयोजक वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, सदस्यहरु शान्तराम न्यौपाने र अर्जुन पण्डित रहेको निर्वाचन समितिले निर्वाचन प्रक्रिया सम्पन्न गराएको थियो।
ब्राह्मण समाज नेपाल, व्यास-४ दमौली, तनहुँको आयोजनामा संस्थाको वार्षिक साधारण सभा एवं तेस्रो वडा अधिवेशन समारोह शुक्रबार उद्घाटन गरिएको छ।
​तेस्रो वडा अधिवेशन तथा वार्षिक साधारण सभाको उद्घाटन ब्राह्मण समाजका केन्द्रीय कार्यसमिति सदस्य डा. लक्ष्मीकान्त चापागाईंले गरे।

कार्यक्रममा ब्राह्मण समाजका केन्द्रीय सदस्य विशेश्वर सुवेदी, ब्राह्मण समाज जिल्ला कार्यसमिति तनहुँका अध्यक्ष जिल्ला अध्यक्ष कृष्णचन्द्र पाण्डे, व्यास नगर प्रज्ञा प्रतिष्ठानका उपकुलपति काशीनाथ न्यौपाने, केन्द्रीय सदस्य गौकुमारी न्यौपाने, वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, राधामाधव समितिका अध्यक्ष मीनराज न्यौपाने, विश्व हिन्दू महासंघका केन्द्रीय सदस्य एवं प्रेस संयोजक अन्जनराज न्यौपाने, व्यास १० का वडा अध्यक्ष खेमराज पोख्रेल , महिला वडा समन्वय समिति व्यास-४ की अध्यक्ष रमा वाग्ले, सिर्जनशील दिदीबहिनी समूहकी अध्यक्ष सीता पण्डित, शुक्र आधारभूत विधालयका प्रधानाध्यापक टिकाराम दाहाल तथा सामाजिक अभियान्ता भाग्यशाली ढुङ्गाना, समाजसेवी हरिशरण पण्डितलगायत दर्जनौँ सामाजिक व्यक्तित्वहरूको उपस्थिति रहेको छ।
समाजका कोषाध्यक्ष श्रीकान्त धिमिरेले समाजको वार्षिक प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन प्रस्तुत गरे।यस्तै वडा अधिवेशनको प्रक्रियामार्फत नयाँ नेतृत्व चयन गरिने जानकारी ब्राह्मण समाजका केन्द्रीय सदस्य विशेश्वर सुवेदीले दिए।
​समाजका सचिव गोविन्द लम्सालले सञ्चालन गरेको कार्यक्रमको सभापतित्व ब्राह्मण समाज व्यास ४ वडा सभापति शारदा पोख्रेलले गरेकी थिईन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।