तनहुँ । नेपाली कांग्रेस व्यास नगर समितिको सभापति पदमा तुल्सीराम सापकोटा सर्वसम्मत निर्वाचित भएका छन्।
सभापति पदका लागि उम्मेदवारी दिएका सरोज भण्डारी र प्रतापसिंह गुरुङले उम्मेदवारी फिर्ता लिएपछि सापकोटा सर्वसम्मत निर्वाचित भएका हुन्।
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत व्यास नगर सभापतिका लागि सापकोटासहित भण्डारी र गुरुङले उम्मेदवारी दिएका थिए। दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएसँगै सापकोटाको निर्विरोध निर्वाचन भएको हो।


