तनहुँ । तनहुँको भिमाद नगरपालिका–१ किहुँस्थित प्रहरी चौकी किहुँको नवनिर्मित भवन उद्घाटन गरिएको छ।
बुधबार (२०८३ भदौ ३१ गते) आयोजित एक कार्यक्रमका बीच गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका कार्यालय प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) दिपेन्द्र घर्ती क्षेत्रीले नवनिर्मित भवनको समुद्घाटन गरेका हुन्।

डीआईजी घर्ती क्षेत्रीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालयका कार्यालय प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामकृष्ण अधिकारी, तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी दीपक रेग्मी, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी उपरीक्षक (एसपी) टेकबहादुर कार्की, विशेष सुरक्षा गण बेलचौताराका प्रमुख प्रहरी उपरीक्षक महेश थापा, प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक श्यामु अर्याललगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा राष्ट्रिय अनुसन्धान कार्यालयका उप–अनुसन्धान निर्देशक मनोज ढकाल, भिमाद नगरपालिका–१ का वडाध्यक्ष दीपक आले, वडा नं. ६ का वडाध्यक्ष श्यामसुन्दर जोशी, स्थानीय आमा समूह तथा स्थानीय भद्रभलाद्मीलगायतको सहभागिता रहेको थियो।
नवनिर्मित प्रहरी चौकी भवन उद्घाटन कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको प्रहरीले जनाएको छ।


