तनहुँ, २२ भदौ । नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँका उद्यमी महिलाद्वारा सञ्चालित व्यास कोसेलीघरले भोटेकोशी–त्रिशूली बाढीपीडितको राहत तथा उद्धारका लागि ४० हजार ४४५ रुपैयाँ सहयोग गरेको छ।
व्यास कोसेली घरले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ४० हजार ४४५ रुपैयाँ जम्मा गरेको सञ्चालक समिति सदस्य तुलसीसापकोटाले जानकारी दिइन्।

गत १४ गतेदेखि दमौलीको अनशनचौतारीमा सञ्चालनमा आएको व्यास कोसेली घरको शुभारम्भ कार्यक्रममा अध्यक्ष कल्पना गौलीलेसुरुवाती तीन दिनको व्यापारबाट प्राप्त रकमको १० प्रतिशत उद्धार कोषमा जम्मा गर्ने प्रतिबद्धता जनाएकी थिइन्।
सोही प्रतिबद्धताअनुसार संकलित रकममा १५ जना उद्यमी महिलाबाट प्राप्त स्वेच्छिक सहयोग रकमसमेत थप गरी उद्धार कोषमा सहयोगगरिएको सापकोटाले बताइन्।
व्यास कोसेली घरमा तनहुँका उद्यमी महिलाले उत्पादन गरेका वस्तुका साथै विभिन्न स्थानमा उत्पादित विषादीरहित खाद्यान्न, रैथानेउपज, हस्तकला तथा अन्य स्वदेशी सामग्री बिक्रीका लागि राखिएका छन्। कोसेली घरले स्थानीय उत्पादनको प्रवर्द्धनसँगै विपद्का बेलासामाजिक उत्तरदायित्वसमेत निर्वाह गर्दै आएको छ।


