तनहुँ । टिम नेपो तनहुँको ८औँ Installation तथा Induction Programme सम्पन्न भएको छ। कार्यक्रममा नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूले शपथ ग्रहण गरेका छन्।
टिम नेपो गण्डकी प्रदेशका Coordinator कार्यक्रमका प्रमुख अतिथि सुजन लौडारीको उपस्थितिमा सम्पन्न कार्यक्रममा मनिषा आलेको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष आलेले संस्थाको उद्देश्य, सामाजिक उत्तरदायित्व तथा युवाको नेतृत्व विकासलाई प्राथमिकतामा राख्दैआगामी कार्यकालमा विभिन्न रचनात्मक गतिविधि सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
प्रमुख अतिथि सुजन लौडारीले Leadership तथा Organization Development विषयमा प्रशिक्षण प्रदान गरेका थिए।प्रशिक्षणका क्रममा उनले प्रभावकारी नेतृत्वका लागि सकारात्मक सोच, जिम्मेवारीबोध, टिमवर्क, सञ्चार सीप तथा सक्रिय सहभागिताको महत्त्वबारे जानकारी गराए। युवाहरू सामाजिक रूपान्तरणका महत्वपूर्ण संवाहक भएकाले नेतृत्व विकाससँगै सामाजिक गतिविधिमा सक्रिय सहभागिता आवश्यक रहेको उनले बताए।
कार्यक्रम टिम नेपो तनहुँका सचिव सन्तोष ओझाले सञ्चालन गरेका थिए। कार्यक्रममा संस्थाका पूर्वअध्यक्षहरू वर्षा सारु, गोविन्द तिमल्सेना र मिन कुँवरले शुभकामना मन्तव्य व्यक्त गर्दै नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिए।

पूर्वअध्यक्षहरूले संस्थाको विगतको यात्रालाई स्मरण गर्दै आगामी दिनमा सामाजिक सेवा, युवाको क्षमता विकास तथा युवामैत्री कार्यक्रमलाई थप प्रभावकारी रूपमा अघि बढाउनु पर्नेमा जोड दिए।
कार्यक्रममा टिम नेपो तनहुँका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो। नयाँ कार्यसमितिले युवाको क्षमता विकास, सामाजिक सेवा, सदस्य सहभागिता तथा समुदायमा सकारात्मक परिवर्तनका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
अध्यक्ष मनिषा आलेको नेतृत्वमा रहेको नयाँ कार्यसमितिले युवाको नेतृत्व विकास र सामाजिक सेवाका क्षेत्रमा थप प्रभावकारी भूमिका निर्वाह गर्ने अपेक्षा गरि


