दमौली तनहुँका महिला उद्यमीहरूले उत्पादन गरेका स्थानीय तथा घरेलु सामग्रीको प्रवर्द्धन बजारीकरण गर्ने उद्देश्यलेव्यास कोसेलीघरसञ्चालनमा आएको छ। कोसेली घरको उद्घाटन व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले गर्नुभएको हो।

व्यास, दमौली अस्पताल जाने बाटोमा सञ्चालनमा ल्याइएको कोसेली घरमा तनहुँका महिला उद्यमीहरूले उत्पादन गरेका विभिन्नस्थानीय तथा हस्तकलाका सामग्री बिक्रीका लागि राखिएका छन्।

कोसेली घरमा तरुल, सिस्नु, पिँडालु, मास, मस्यौरा, छत्री, नाङ्लो, गिठ्ठी, गुन्द्रि, स्वेटर, चकटी, गुन्द्रुक, अल्लोका कपडा, गाभा, स्यागु, चप्पल, ढाकाका कपडा, डोकोलगायतका सामग्री उपलब्ध छन्।

स्थानीयस्तरमा उत्पादन भएका सामग्रीलाई बजार उपलब्ध गराउँदै महिला उद्यमीलाई आत्मनिर्भर बनाउने स्थानीय उत्पादनको प्रवर्द्धनगर्ने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको बताइएको छ।

उद्घाटन कार्यक्रममा आबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमान, व्यास नगरपालिकाका उपप्रमुख इन्दिरा दरै, खाद्य प्रविधि तथा गुणनियन्त्रण डिभिजन कार्यालय दमौलीका प्रमुख ज्योति आचार्य, व्यास का वडाध्यक्ष अनुप राना, नेपाल पत्रकार महासंघ तनहुँकाअध्यक्ष डिपी अधिकारी, घरेलु महासंघ तनहुँका वरिष्ठ उपाध्यक्ष प्रकाश हड्खले, महासचिव मदन तिमल्सेना, व्यास का वडा सदस्यदघिराज घिमिरे, पूर्व जनप्रतिनिधि तुलसीराम सापकोटालगायतको सहभागिता रहेको थियो।

कोसेली घरकी अध्यक्ष कल्पना गौलीका अनुसार विपद्को कठिन घडीमा बाढीपीडितप्रति ऐक्यबद्धता जनाउँदै तीन दिनको व्यापारबाटप्राप्त रकमको १० प्रतिशत बाढीपीडितलाई सहयोग गर्ने निर्णय गरिएको छ।

उनका अनुसार कोसेली घरमा तनहुँका विभिन्न स्थानमा महिला उद्यमीहरूले उत्पादन गरेका सामग्रीलाई प्राथमिकता दिइएको छ।स्थानीय उत्पादनको बजारीकरणसँगै महिला उद्यमशीलताको विकासमा कोसेली घर महत्वपूर्ण माध्यम बन्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।