तनहुँगण्डकी प्रादेशिक क्रिकेट संघको पाँचौँ साधारण सभा तनहुँको बन्दीपुर गाउँपालिका स्थित मार्स्याङ्दी रिभर भ्यु रिसोर्टमाभव्य रूपमा सम्पन्न भएको छ।

गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री माननीय रेखा गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न उद्घाटनसमारोहमा नेपाल क्रिकेट संघका केन्द्रीय उपाध्यक्ष रोशनकुमार सिंह, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापा तथा नेपालक्रिकेट संघका केन्द्रीय कोषाध्यक्ष पदमबहादुर खड्काको विशिष्ट आतिथ्यता रहेको थियो।

कार्यक्रममा नेपाल क्रिकेट संघका केन्द्रीय सदस्यहरू सुदीप शर्मा विक्रम विष्ट, कोशी प्रादेशिक क्रिकेट संघका अध्यक्ष सर्वजितपाण्डे, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेलगायतको उपस्थिति रहेको थियो। अतिथिहरूले गण्डकी प्रदेशमाक्रिकेटको विकास, प्रतिभावान् खेलाडी उत्पादन, खेल पूर्वाधार निर्माण तथा नेपाली क्रिकेटको समग्र विकासका विषयमा धारणा राखेका थिए।

संघका उपाध्यक्ष प्रकाश पौडेलले स्वागत मन्तव्य राखेका थिए भने जिल्ला क्रिकेट संघ तनहुँका अध्यक्ष मदन तिमल्सेनाले शुभकामनामन्तव्य दिएका थिए।

संघका अध्यक्ष सञ्जयकान्त सिग्देलको अध्यक्षतामा सम्पन्न साधारण सभामा सचिवद्वारा प्रस्तुत प्रगति प्रतिवेदन तथा कोषाध्यक्षद्वाराप्रस्तुत आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको छ। आगामी आर्थिक वर्षका कार्ययोजना, विभिन्न प्रतियोगिता सञ्चालन, प्रशिक्षण तथा बन्द प्रशिक्षण खेलाडीको क्षमता अभिवृद्धिसम्बन्धी कार्यक्रमका विषयमा समेत छलफल गरी आवश्यक निर्णय गरिएकोसंघले जनाएको छ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा पुगेका खेलाडी सम्मानित

साधारण सभाको अवसरमा गण्डकी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली क्रिकेटको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शनगरिरहेका खेलाडीहरूलाई सम्मान गरिएको छ।

नेपाल पुरुष राष्ट्रिय क्रिकेट टोलीका खेलाडी अर्जुन कुमाल तथा नेपाल महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीहरू सीमाना केसी रचना चौधरीलाई जनही रु. १५ हजार नगदसहित सम्मान गरिएको छ।

त्यसैगरी, नेपालटोलीमा स्थान बनाउन सफल दीपक डुम्रे तथा नेपाल यू१९ पुरुष क्रिकेट टोलीमा स्थान बनाउन सफल वंशक्षेत्रीलाई जनही रु. १० हजार नगदसहित सम्मान गरिएको छ।

गण्डकी प्रदेशबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली क्रिकेटको प्रतिनिधित्व गर्ने खेलाडीहरूको योगदानको कदर गर्दै गरिएकोसम्मानले आगामी दिनमा अझ उत्कृष्ट प्रदर्शन गर्न खेलाडीहरूलाई प्रेरणा मिल्ने विश्वास संघले लिएको छ।

गण्डकी प्रदेशमा क्रिकेटको विकास, विस्तार प्रवर्द्धनसँगै प्रतिभावान् खेलाडीको पहिचान, उत्पादन प्रोत्साहनलाई प्राथमिकतामा राख्दैनेपाली क्रिकेटको समग्र विकासमा निरन्तर योगदान गर्ने प्रतिबद्धतासहित पाँचौँ साधारण सभा सम्पन्न भएको हो।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।