तनहुँ
नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ (इस्कोन) दमौली शाखाको आयोजनामा श्रीकृष्णजन्माष्टमी महामहोत्सव गरिने भएको छ । श्रीकृष्ण जन्माअष्टमीको अवसर पारेर व्यास नगरपालिका वडा नं.३ देउराली नगर (रेडक्रसको भवन) रहेको संघ ले तनहुँ उद्योग बाणिज्य संघको भवनमा कार्यक्रम गर्न लागेको अध्यक्ष रविलाल थापाले बताए । भाद्र १९ गते शुक्रबार दिउसो ११ बजेदेखि राती १२ बजेसम्म कार्यक्रम हुने अध्यक्ष थापाको भनाई छ । कार्यक्रमको अवसरमा हरिनाम संङ्कीर्तन सहित राध कृष्णको रथ यात्रा ,कृष्ण कथा,कृष्ण लिला, कृष्ण झुला,अन्तर मा बि आध्यात्मिक नृत्य प्रतियोगिता, औपचारिक कार्यक्रम गरि राति १२ बजे अभिषेक, दीपदान, प्रसाद वितरण लगायतका कार्यक्रम हुने संघका कोषाध्यक्ष प्रमोद न्यौपानेले वताए । संघले यस वर्षको श्रीकृष्ण जन्माष्टमी महामहोत्सव कार्यक्रममा सहभागी हुनको लागि सम्पूर्ण भक्तजनमा आग्रह समेत गरेको छ । गत बर्ष झै यस बर्ष पनि कष्णजन्माष्टमी महा महोत्सव गर्न लागिएको र यसले समुदायमा धार्मिक भावना अभिवृद्धि ,संस्कृतिको जगेर्ना साथै सामाजिक एकता कायम गर्ने उद्वेश्यका साथ श्रीकृष्ण जन्माष्टमी पर्व मनाउन लागिएको कुरा इस्कोन दमौलीका प्रमुख निरन्तर प्रभु ले बताउनु भयो ।
कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि halchalkhabar82@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।


