दमौली, १५ साउन । गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति कुसुमाकर न्यौपाने नेतृत्वको टोलीले व्यास नगरपालिका–३ स्थित एकदेव आले स्मृति प्रतिष्ठानको अवलोकन गरेको छ।
अवलोकनका क्रममा गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति कुसुमाकर न्यौपाने, सदस्य सचिव मनकुमार श्रेष्ठ, सदस्य प्रा. डा. ईश्वरचन्द्र वाग्ले र सदस्य शान्ता बास्तोलालाई एकदेव आले स्मृति प्रतिष्ठानकी अध्यक्ष मनमाया श्रेष्ठले खादा ओढाएर स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ, पूर्वअध्यक्ष श्रीराम कार्की, उपाध्यक्षद्वय सिर्जना सिक्देल र माधवप्रसाद अधिकारी, सचिव मदन तिमल्सेना उपस्थिति रहेको थियो।
त्यसैगरी व्यास प्रतिष्ठानका सदस्य देवीबहादुर बस्नेत, आदिकवि भानुभक्त क्याम्पसका पुस्तकालय संयोजक कुलबहादुर थापा लगायतको पनि कार्यक्रममा सहभागिता रहेको थियो।

भेटघाटका क्रममा साहित्य, भाषा, कला तथा संस्कृतिको संरक्षण, प्रवर्द्धन र संस्थागत सहकार्यका विषयमा छलफल भएको थियो ।


