नुवाकोट- नुवाकोटको वेलकोटगढी नगरपालिकाले दुई जना खेलाडीहरूलाई आर्थिक सहयोग गरेको छ । खेलाडीहरूका लागि सो नपाले हवाई टिकट खरिद सहयोग गरिदिएको हो ।
बेलकोटगढी नपा ४ का खेलाडीहरू सरोज गुरुङ र समीर गुरुङ किर्गिस्तान हाप्किडो फेडेरेसन र ग्लोबल हाप्किडो एसोसिएसनको सहकार्यमा किर्गिस्तानको बिस्केकमा सम्पन्न अन्तर्राष्ट्रिय हाप्किडो च्याम्पियनसिपमा सहभागी भएकोमा पदक जितेका थिए । उनीहरूमध्ये एक जना खेलाडीले १ स्वर्ण र १ रजत पदक जितेका थिए ।
खेलाडीहरूलाई वाघखोरस्थित बेलकोटगढी नपाको कार्यालयमा आयोजित कार्यक्रममा मेयर जगतबहादुर गुरुङले चेक प्रदान गर्नुभयो ।
दुवै खेलाडीहरूलाई जनही एक लाख १८ हजार रुपैयाँ बराबरको चेक रकम हस्तान्तरण गरिएको छ ।
उक्त खेल जुन २४ र २५ तारिखमा सम्पन्न भएको थियो । दुवै खलाडिहरुलाई हवाई टिकट बापत सो नपाले उक्त रकम बराबरको चेक आर्थिक सहयोग गरेको हो ।