शुक्लागण्डकी नगरपालिकामा सवारी पार्किङलाई व्यवस्थित बनाउने उद्देश्यले वडा नं. ४ को कार्यालयको सहयोगमा शुक्लागण्डकी नगर उद्योग वाणिज्य संघ, वडा व्यवस्थापन समिति वडा नं. ४ ले अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलचौतारालाई पार्किङ सम्बन्धी संकेत बोर्ड हस्तान्तरण गरेको छ।
यस पहलबाट सवारी पार्किङ व्यवस्थापनलाई थप प्रभावकारी बनाउनुका साथै चालक तथा सर्वसाधारणलाई स्पष्ट जानकारी प्रदान गरी ट्राफिक व्यवस्थापनमा सहजता आउने अपेक्षा गरिएको छ। स्थानीय निकाय, उद्योग वाणिज्य संघ र ट्राफिक प्रहरीबीचको समन्वयले सुरक्षित, व्यवस्थित र अनुशासित सडक व्यवस्थापनमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ।


