तनहुँको व्यास नगरपालिका–३ बिसघरेस्थित झोलुङ्गे पुलबाट मादी नदीमा हामफालेकी अन्दाजी १७ वर्षीया युवतीको सकुशल उद्धार गरिएको छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार बिहीबार राति करिब ८:३० बजे युवती मादी नदीको बीच भागमा अड्किएको अवस्थामा रहेको सूचना प्राप्त भएपछि तत्काल प्रहरी, नेपाली सेना र स्थानीयवासीको संयुक्त उद्धार टोली परिचालन गरिएको थियो।
प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेको नेतृत्वमा २० जना प्रहरी तथा कालीभञ्जन गण, चापाघाटबाट बोटसहित खटिएको १० जना नेपाली सेनाको टोलीले राति करिब १०:२५ बजे युवतीको सफलतापूर्वक उद्धार गरेको हो।
उद्धारपश्चात् युवतीलाई थप उपचारका लागि प्रदेश अस्पताल दमौली पठाइएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।


